राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

राजनीतिक अनिश्चयको प्रभाव सेयर बजारमा, ५८ अंकले घट्यो नेप्से


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक अनिश्चितताको गहिरो प्रभाव सेयर बजारमा देखा परेको छ । दशैंको लामो बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको हो ।

मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०४.९६ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै नेप्सेको पुँजीकरण पनि २.१९ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को कारोबार गर्नेले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् भने भूगोल इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । मंगलबारको सेयर कारोबारमा सबै उपसमूह नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : १९ बजे

चितवनमा अझै फर्किएनन् १५६ कैदीबन्दी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना

पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा पहिले नै कारबाही रोकेको हुनुपर्छ : कतार

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुरूप इजरायलले

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले

बालेनले भने- सिंहदरबारको आगो निभाउन महानगरको दमकल जाँदा आन्दोलनकारीले नै अवरोध गरे

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा आगो लागे लगत्तै