पाकिस्तानमा सन्दीपको उत्कृष्ट बलिङ, लिए ४ विकेट « Khabarhub

पाकिस्तानमा सन्दीपको उत्कृष्ट बलिङ, लिए ४ विकेट


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले चार विकेट लिएका छन् । पाकिस्तान सुपर लिग (पिपिएल) खेलिरहेका सन्दीपले बुधबार उत्कृष्ट बलिङ गरेका हुन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए ।

दुबईमा जारी (पिपिएल)अन्तर्गत आजको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए । अहिले सन्दीपको लाहोर कलन्दर्स क्लबले क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध ब्याटिङ गरिरहेको छ ।

यसअघि यही फागुन १० गते भएको पहिलो खेलमा सन्दीपले मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ४४ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले