सेप्टेम्बरमा ७८ हजार पर्यटक भित्रिए « Khabarhub

सेप्टेम्बरमा ७८ हजार पर्यटक भित्रिए


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ५९ बजे

आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस, चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ– आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा