मनसुन कमजोर बन्दै, केही भूभागमा मध्यम वर्षाको सम्भावना | Khabarhub Khabarhub

मनसुन कमजोर बन्दै, केही भूभागमा मध्यम वर्षाको सम्भावना


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : ४९ बजे

सुनको मूल्य दुई लाख ३८ हजार पुग्यो

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख

घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

काठमाडौं – मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२०

नेपालकै सबैभन्दा लामो कर्णाली पुल (तस्बिरहरू)

बर्दिया– एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक

सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान : सबैभन्दा बढी क्षति मेची राजमार्गमा

काठमाडौं – बाढी र पहिरोले भौतिक पूर्वाधार र सडकमा ठुलो

देशभर कृषि तथा पशुपालनमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका