टी–२० सिरिज : फाइनलमा मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती | Khabarhub Khabarhub

टी–२० सिरिज : फाइनलमा मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० सिरिजको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको चुनौती दिएको छ ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो । उसका लागि विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरी र कविता कुँवरले तीनतीन विकेट लिए । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् भने कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर समान तीन विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।

अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

टसपछि नेपाल र मलेसियाका कप्तान । तस्बिरः क्यान

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : १० बजे

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब

एजेन्सी – युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै

काठमाडौं– बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २०

नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर

काठमाडौं– नागरिक अगुवाहरूले दलहरूलाई फागुन २१ मा तोकिएको निर्वाचनमा भाग लिन

जेन-जी आन्दोलनका अगुवाको दुख- के सोचेँ मैले, के भयो अहिले…

जेन-जी आन्दोलनका अभियन्ता पुरुषोत्तम यादवलाई जेन-जी आन्दोलन घोषणा पूर्व भ्याई

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा आगजनी