एजेन्सी – टाइफुन मत्मोले निम्त्याएको भारी वर्षा र बाढीका कारण भियतनाममा आठ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको भियतनाम विपद व्यवस्थापन प्राधिकरणले बुधबार घोषणा गरेको छ ।
टाइफुनका कारण १५ हजार ७०० भन्दा बढी घरहरू डुबानमा परेको र ४०० भन्दा बढी घर लाई क्षति पुग्नुका साथै १४ हजार ६०० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको प्राधिकरणले जनाएको छ ।
उत्तरी पाहाडी र उत्तर–मध्य प्रान्तहरूका ६०२ स्थानमा टाइफुन पछिको बाढी र पहिरोका कारण सडक अवरोध हुनुका साथै ९७ हजार भन्दा बढी गाईबस्तु र पशु पक्षिंको मृत्यु भएको जनाइएको छ ।
भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले आकस्मिक बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दै तत्काल निर्देशन जारी गरेका छन् ।
प्रतिक्रिया