टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु « Khabarhub

टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टाइफुन मत्मोले निम्त्याएको भारी वर्षा र बाढीका कारण भियतनाममा आठ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको भियतनाम विपद व्यवस्थापन प्राधिकरणले बुधबार घोषणा गरेको छ ।

टाइफुनका कारण १५ हजार ७०० भन्दा बढी घरहरू डुबानमा परेको र ४०० भन्दा बढी घर लाई क्षति पुग्नुका साथै १४ हजार ६०० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको प्राधिकरणले जनाएको छ ।

उत्तरी पाहाडी र उत्तर–मध्य प्रान्तहरूका ६०२ स्थानमा टाइफुन पछिको बाढी र पहिरोका कारण सडक अवरोध हुनुका साथै ९७ हजार भन्दा बढी गाईबस्तु र पशु पक्षिंको मृत्यु भएको जनाइएको छ । 
 
भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले आकस्मिक बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दै तत्काल निर्देशन जारी गरेका छन् ।  

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ३२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा