रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ « Khabarhub

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गका केही ठाउँमा पैदल यात्रा गर्न समेत कठिन भएको छ ।  

बाढीपहिरोले सडक बगाउँदा यातायात सञ्चालन अवरुद्ध भएपछि पैदल यात्रा गरी गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरूलाई कठिनाइ भएको हो ।

बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आवतजावत गर्न कठिनाइ भएपछि सशस्त्र प्रहरी बलले पैदल यात्राका लागि अस्थायी पैदल ट्रयाक बनाएको छ । 

चाडपर्व मनाएर चौकीडाँडा हुँदै काठमाडौं फर्किने यात्रुहरूलाई सशस्त्र प्रहरी बल, १५ नंवर गणको मनसुनजन्य विपद् उद्धारका लागि अस्थायी बेशमा खटिएका सशस्त्र प्रहरीले सहजीकरण समेत गरिरहेका छन् ।

बिपी राजमार्ग धुलिखेलदेखि चौकीडाँडासम्म यातायातका साधन सञ्चालन भए पनि त्यसयता सडक पूर्ण रूपमा अवरुद्ध छ । बढीपहिरोले बिपी राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । केही स्थानमा भए सडक निर्माणको कार्य सुरु गरिएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ३२ बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा