रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै | Khabarhub Khabarhub

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ ।

सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।

यी तीन वैज्ञानिकलाई जीवनका आधारभूत निर्माण खण्डहरू नयाँ प्रोटिनहरू डिकोड गर्ने र डिजाइन गर्ने शक्तिशाली प्रविधि विकास गरेको योगदानका लागि पुरस्कृत गरिएको थियो । उनीहरूको अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्ससहित अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दै नयाँ औषधि र सामग्री उत्पादनमा क्रान्ति ल्याउने सम्भावना देखाएको थियो ।

सन् २०२५ का नोबेल पुरस्कारमध्ये पहिलो पुरस्कार सोमबार घोषणा गरिएको थियो । चिकित्साशास्त्रतर्फ परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी महत्त्वपूर्ण आविष्कारका लागि प्रोफेसर मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई सम्मान गरिएको हो ।

मंगलबार घोषणा गरिएको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसलाई प्रदान गरिएको थियो । उनीहरूलाई दैनिक डिजिटल सञ्चार र कम्प्युटिङ प्रविधिको शक्तिलाई नयाँ स्तरमा पु¥याउने उपआणिवक क्वान्टम टनेलिङ सम्बन्धी अनुसन्धानका लागि सम्मान गरिएको हो ।

यस वर्षको नोबेल शृङ्खलामा बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार आगामी सोमबार सार्वजनिक गरिनेछ ।

नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ३६ बजे

एमाले जिल्ला अध्यक्षहरूलाई ओलीले भने- परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे तयार छु

काठमाडौं– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार

पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु

एजेन्सी– इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस)ले जारी

कपिलवस्तुमा २ लाख मूल्य बराबरको पटका बरामद

कपिलवस्तु– कृष्णनगर नगरपालिका-९ घुरनडेहवास्थित सडक छेउबाट करिब २ लाख ३१ हजार ७

लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ?

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा बाटुलेचौरको दीप विर्ता (लिची

रक्षात्मक स्थितिमा समीर, भन्छन्– ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग’

काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट