कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप छनोट

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले । ५६ बलको सामना गरेका कुशलले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै गुलशन झाले विष्फोटक ब्याटिङ गर्दै मात्रै ६ बलमा २० रन बनाए ।

दीपेन्द्र सिंह ऐरिले २० रन बनाउँदा कप्तान रोहित पौडेल १६ रनमा आउट भए । नेपालका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि नवीनराज राजेन्द्रन, अनुदीप चन्दमाराले दुई दुई विकेट लिए ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा सहभागी छन् । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। समुह बीमा समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

नेपालको प्लेइङ्ग ११ मा
कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : १९ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको