इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा | Khabarhub Khabarhub

इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कायरो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।

सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।

सम्झौताका मुख्य बुँदा

  • दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्ने।
  • इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउने।
  • युद्धविराम लागू हुने ।
  • हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्ने ।

प्रतिक्रिया

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’

यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।

उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।

बन्दी परिवारले के भने ?

इजरायलमा बन्दीहरूका परिवारहरूले यो खबरलाई उत्साह, प्रत्याशा, र चिन्ताको रूपमा स्वागत गरेका छन् ।

बन्दीहरूको लागि पहल गर्दै आएको ‘द होस्टेजेस एण्ड मिसिङ्ग फैमिलिज फोरम’ ले ट्रम्पलाई ‘प्रतिबद्धता र दृढताको’ लागि धन्यवाद दिएको छ ।

यसरी भयो पहल

यो सम्झौता केही हप्तादेखि चलेको जटिल कूटनीतिक प्रयासको नतिजा हो। यही सेप्टेम्बरमा ट्रम्पले आफ्नो २०-बुँदे शान्ति योजना सार्वजनिक गरेका थिए ।

यसैबीच, नेतन्याहू र ट्रम्पबीच मतभेदबारेमा पनि खबरहरू आएका थिए । जसमा ट्रम्प नेतन्याहूको सैन्य रणनीतिबाट निराश थिए । तर अन्ततः दुवै पक्षले सम्झौतामा सहमति जनाउन सफल भएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ०२ बजे

ओलीलाई चुनौती दिँदै मिश्रले भने- ‘नालायक’ साबित प्रतिनिधि सभा ब्युँताउने आन्दोलनमा लाग्दिनँ

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले पार्टी अध्यक्ष केपी

पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरे : महेश बस्नेत

काठमाडौं– एमाले नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठ र राजिब

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

चितवन– भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौं– देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन

गृहमन्त्री अर्याललाई तत्काल पक्राउ गर्न बर्तौलाको माग

काठमाडौं– नेकपा (एमाले) का नेता महेश बर्तौलाले जेन-जी आन्दोलनको सन्दर्भमा