दयाहाङ भन्छन्– यो अवस्थामा फिल्मको व्यापार ४० प्रतिशत घट्नु सामान्य « Khabarhub

दयाहाङ भन्छन्– यो अवस्थामा फिल्मको व्यापार ४० प्रतिशत घट्नु सामान्य


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनले अन्य जस्तै फिल्म क्षेत्रलाई पनि स्वभाविक रुपमा असर पारेको छ ।

यो दशैँमा प्रदर्शनमा आएका फिल्महरुको न्यून ग्रस कलेक्सनको एक कारण आन्दोलनपछिको असामान्य अवस्थालाई मानिदै आएको छ । यो भनाइ फिल्मकर्मीहरुबाटै सुनिन्छ ।

तर, मेकरहरुको नजर परेको अर्को प्राइम रिलिज डेट तिहार नजिकिँदै छ । कात्तिक ६ गते भाइटीकाको दिन दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउँदैछन् । कात्तिक ७ गते फिल्म ‘मैझारो’ प्रदर्शनमा आउँदैछ ।

‘वरिष्ठ बलराम’ नायक नायक दयाहाङ शीर्ष भूमिकामा छन् । ‘मैझारो’ मा पनि उनी विशेष भूमिकामा रहेको बताइएको छ ।

अर्थात् दशैँको न्यून ग्रस कलेक्सनकाे उदाहरण लिएर तिहारमा आउन लागेका फिल्मका मेकरहरु प्रदर्शन मिति हेरफेर गर्ने मुडमा छैनन् ।

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक कार्यक्रममा दयाहाङले देशको परिस्थिति सामान्य नभए पनि फिल्म क्षेत्र चलायमान र गतिशिल बनाउन प्रदर्शन मिति हेरफेर नगरिएको बताए ।

उनले भने, ‘मुलुकमा जटिल अवस्थाहरु आउँछ । तर, हामीले देशकै लागि भने पनि आफ्नो कर्मबाट टाढिनु हुँदैन । फिल्म प्रदर्शन ल्याउन छोड्यो भने अर्को माहोल सिर्जना हुन्छ । फिल्म क्षेत्र निरन्तर चलायमान बनाउन हामीले प्रदर्शन मिति हेरफेर नगरेका हौं ।’

सामान्य अवस्थाभन्दा अहिले फिल्मको ग्रस कलेक्सन स्वभाविक घट्ने सम्भावनाबारे आफूहरु जानकार रहेको दयाहाङले सुनाए ।

यो अवस्थामा ४० प्रतिशतले ग्रस कलेक्सन घट्नुलाई सामान्यरुपमा ग्रहण गर्नुपर्ने उनको बुझाइ छ ।

उनले थपे, ‘अहिलेको देशको परिस्थितिले सबै क्षेत्रलाई असर गरेको छ । फिल्म क्षेत्रलाई नगर्ने कुरा नै भएन । यो अवस्थामा मेरो अभिनय रहेको फिल्मले विगतमा भन्दा ४० प्रतिशतले कम ग्रस कलेक्सन गर्‍यो भने म सुखद नै मान्छु ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ५४ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी