हिरोलाई नफापेको बडेमानको फुर्को ! « Khabarhub

हिरोलाई नफापेको बडेमानको फुर्को !


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक-नायिकालाई नामको अगाडि विभिन्न ट्याग दिने प्रचलन पुरानै हो । विशेषतः दक्षिण भारतीय फिल्ममा यस्तो अभ्यास बढी भएको पाइन्छ ।

नेपालमा पनि यो अभ्यास निकै हाबी भएको पाइन्छ । उदाहरणका लागि राजेश हमालको नामको अगाडि ‘महानायक’को फुर्को जोडिएको छ ।

निखिललाई ‘एक्सन स्टार’, आर्यन सिक्देललाई ‘चकलेटी हिरो’ लगायतका फुर्का जोडेर सम्बोधन गर्ने गरेको पाइन्छ ।

दर्शकले दिएका यस्ता ट्यागलाई मेकरले अंगिकार गर्नु सामान्य नै मान्न सकिन्छ ।

तर, पछिल्लो समय मेकरहरुले आफूखुसी नै आफ्नो फिल्मको हिरोलाई विभिन्न ट्याग भिराउने गर्छन् ।

यसमा नायकले पनि सन्तुष्ट नै देखिन्छन् । किनभने उनीहरुले ती ट्याग अस्वीकार गरेको सार्वजनिक अभिव्यक्ति दिएको भेटिदैन ।

यस्ता ट्याग दिन पनि मेकरले हतार गरेको भेटिन्छ । निर्देशक तथा निर्माता सन्तोष सेनले नायक समीर भट्टलाई दोस्रो फिल्म ‘बलिदान’मै ‘एक्सन किङ’को ट्याग दिन भ्याएका छन् ।

समीरको पहिलो फिल्म ‘१२ गाउँ’ हो । यो बक्स अफिसमा ब्लकबस्टर बनेको थियो ।

यस फिल्ममा समीर र उनका बुवा विराज भट्ट शीर्ष भूमिकामा छन् । समीरकै भनाइअनुसार यस फिल्ममा उनको स्क्रिन टाइम विराजकोभन्दा कम छ ।

‘बलिदान’ अघि एक फिल्ममा मात्रै अभिनय गरेका समीरलाई सन्तोषले दोस्रो मै ‘एक्सन किङ’को ट्याग दिए ।

‘एक्सन किङ’ ट्याग पाएको पहिलो फिल्ममै समीरले असफलताको स्वाद चाखेका छन् । सन्तोषले हाइ बजेट भनेर प्रचार गरेको यस फिल्मले बक्स अफिसबाट लगानी सुरक्षित गर्ने सम्भावना कम छ ।

यस फिल्मको सुरुवाती ८ दिनको ग्रस कलेक्सन चार करोड पनि पुगेको छैन । यसको लगानी नै पाँच करोडमाथि रहेको बताइएको छ ।

बक्स अफिसबाट मात्रै यसको लगानी सुरक्षित हुन कम्तीमा १२ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।

अर्थात्, अन्य केही नायकलाई जस्तै समीरलाई पनि ट्याग भारी बनेको छ । यस्तो गहकिलो ट्याग दिएको फिल्म नै बक्स अफिसमा असफल भएको छ ।

पहिला कुन हिरोलाई भएको थियो यस्तो ?

फिल्म ‘क्याप्टेन’को एक कार्यक्रममा नायक अनमोल केसीलाई ‘मेघा स्टार’को ट्याग दिएर सम्बोधन गरिएको थियो ।

उनलाई उक्त ट्याग दिइएको विषयमा कार्यक्रममा पत्रकार र निर्माण पक्षबीच सवाल जवाफ भएको थियो ।

अनमोल राम्रो फ्यान–फलोइङ नायक हुन् । फ्यानले पनि उक्त ट्याग रुचाए । तसर्थ, अनमोललाई अहिले ‘मेघास्टार’ कै ट्याग दिइन्छ ।

तर, यो ट्याग पाएपछिको अनमोलको पहिलो फिल्म ‘क्याप्टेन’ बक्स अफिसमा कमजोर सावित भयो ।

यो फिल्म फितलो भएका कारण अहिले पनि अनमोल आलोचित बनिरहेका छन् । जबकि यो फिल्म ०७५ सालमा प्रदर्शनमा आएको हो ।

उनले भने यो फिल्मबारे भन्दै आएका छन्, ‘प्रोस्ट प्रोडक्सनमा बिग्रिएको फिल्म हो । भीएफएक्सको काम कमजोर भएको हो ।’

अर्थात्, ट्याग पाएको पहिलो फिल्मबाटै अनमोल पनि निराश बन्नु परेको थियो ।

यसअघि उनको फिल्मले यति धेरै आलोचना खेपेका थिएनन् ।

अर्का नायक प्रदीप खड्काको हकमा पनि यही लागु भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’मा प्रदीपलाई सुपरस्टारको ट्याग दिइएको थियो ।

यही फिल्मको कार्यक्रममा निर्देशक राजन भुसालले आफ्नो जिद्दीमा प्रदीपलाई उक्त ट्याग दिइएको बताएका थिए ।

उनले भनेका थिए, ‘प्रदीपले नमान्दा नमान्दै मैले नै जिद्दीले सुपरस्टारको ट्याग दिएको हुँ ।’

तर, प्रदीपको यही फिल्म करिअरकै सबैभन्दा कम व्यापार गर्ने बन्यो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन एक करोड दुई लाख मात्रै छ ।

अर्थात्, ट्याग पाएको पहिलो फिल्मले लगानीसमेग जोगाउन सकेन ।

तीन हिरोहरु अनमोल, प्रदीप र समीरले नामको अगाडि गहकिलो फुर्को पाएको पहिलो फिल्मले व्यापारिक असफलता नै भोगेका छन् ।

यो एउटा रोचकसँगै दुखद संयोग पनि हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ३९ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन