निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्र पठाउने तयारी « Khabarhub

निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्र पठाउने तयारी


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनको समर्थनमा बिहीबार माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको तथ्य खुलेको छ। पक्राउ परेपछि उनको स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईका अनुसार भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।

गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसैले उनलाई उपचारका लागि पठाउने कानूनी व्यवस्थाअनुसार रिह्यावमा पठाउन लागिएको भट्टराई बताए ।

जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : १५ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्