टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो | Khabarhub Khabarhub

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेतले जापानविरुद्धको पराजयसँगै समूह चरणमै यात्रा टुंग्याएको छ। अब समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान आमनेसामने हुनेछन्, जसले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। जापानका इसाम रहमानले ३९ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको शानदार इनिङ खेले। सबारिश रविचन्द्रनले ३९, कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ र इब्राहिम ताकाहाशीले २६ रनको योगदान दिए।

कप्तान फ्लेमिङको आक्रामक सुरुवातपछि मिडल ओभरमा रहमानले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : २३ बजे

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी

फिलिपिन्स – फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ

मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु

मलंगवा– बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक

बजेटको अभावमा नौ वर्षदेखि अलपत्र चिस्यानगृह

पर्वत– मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं– राजस्व संकलन प्रयोजनका लागि शनिबार पनि असोज २५ गते

मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो

काठमाडौं – मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय