विश्वकप छनोट : ‘सुपर सिक्स’ प्रवेश गरिसकेको नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै | Khabarhub Khabarhub

विश्वकप छनोट : ‘सुपर सिक्स’ प्रवेश गरिसकेको नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो। समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ। त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। यो स्कोर हेर्दा नेपालले जापानलाई कमजोर सम्झनु हुँदैन। पहिलो खेलमा नेपालले कुवेतविरुद्ध सात विकेटको क्षतिमा १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा अलआउट हुँदा ८३ रन मात्र बनाएको थियो। पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।

विश्वकप छनोटका तीन खेल आजै
आइसीसी पुरुष टि-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन्। आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन्।

सुपर सिक्सको प्रतिस्पर्धाबाट शीर्ष तीन टिम विश्वकप छनोट हुनेछन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : १७ बजे

रास्वपाले निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा हुने निर्वाचनपछि मात्रै पहिलो महाधिवेशन

ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै

सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि !

काठमाडौं– विशेषगरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत

शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना

काठमाडौं- नेपाली सेनाले छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका

करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज