नख्खुबाट भागेका कैदी आकाशले ठमेलमा युवकको हत्या गरेको खुलासा | Khabarhub Khabarhub

नख्खुबाट भागेका कैदी आकाशले ठमेलमा युवकको हत्या गरेको खुलासा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ।

राप्ती गाउँपालिका–१ दाङका मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेका थिए। खुकुरी हानेपछि घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ।

नख्खुबाट फरार आकाशले अर्को अपराध गरेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अर्को अपराध गरेका आकाश मगर लागू औषधसम्बन्धी मुद्दामा २०८० असोज २७ गतेदेखि नख्खुमा थिए। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खुबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि मगरसमेतका सयौं कैदी भागेका थिए ।

देशभरका कारागारबाट त्यसबेला कम्तीमा पनि १५ हजार कैदी बन्दी भागेका थिए । अझै ८ हजार कैदी बाहिर छन् । यसअघि पनि नख्खुबाट भागेका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरेका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : २६ बजे

रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ

झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

झापा– डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका

प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी ! 

काठमाडौं – गत भदौमा फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक कार्यक्रम

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

दाङ– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा