जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु « Khabarhub

जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ ।

उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो ।

आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए ।

सो क्रममा कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टीकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए । कार्यालय मर्मत सुधार भएपछि विस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व वुझाउन आउन थालेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : ५९ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी