कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ | Khabarhub Khabarhub

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ ।

२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरी स्रोतले जानकारी दिएको छ ।

पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले २७ चैत २०६४ मा रौतहटको फरदवा गाउँ (हाल राजपुर नगरपालिकाअन्तर्गत)मा बम विस्फोट गराइएको थियो ।

उक्त विस्फोटमा परेर ४ जनाको मृत्यु भएको थियो । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनाको विषयमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा आलमको संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले खबरहबलाई जानकारी दियो ।

‘बम विस्फोट घटनाको अनुसन्धानका लागि केन्द्र (प्रहरी प्रधान कार्यालय)बाटै विशेष टोली परिचालन भएको थियो,’ खबरहबको सम्पर्कमा आएका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा आलमको संलग्नता रहेको देखिने प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटकै हिरासतमा राखेर अनुसन्धान गर्ने कि काठमाडौं ल्याउने भन्ने विषय अहिले नै टुंगो लाग्न नसकेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : २८ बजे

गुप्तेश्वर गुफामा पर्यटकको वृद्धि

गण्डकी– ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग

सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला २०८२ मा खोटाङका

दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू)

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक

रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो

काठमाडौं– १० महिनाअघि १०० रुपैयाँ पर्ने सामानको मूल्य बढेर १०२