शाहरुख खान अरबपति क्लबमा प्रवेश, मुख्य आयस्रोत के-के ? « Khabarhub

शाहरुख खान अरबपति क्लबमा प्रवेश, मुख्य आयस्रोत के-के ?


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान पहिलो पटक अरबपति क्लबमा प्रवेश गरेका छन् । आर्थिक प्रतिष्ठित सूची हुरुन रिच लिस्ट अनुसार शाहरुखको कुल सम्पत्ति हाल भारु.१२,४९० करोड (लगभग १.४ अर्ब डलर) पुगेको छ, जसले उनलाई भारतका सबैभन्दा धनी सेलिब्रिटी बनाएको छ ।

यसअघि शाहरुखको सम्पत्ति ८७० मिलियन डलरको आसपास रहेको थियो । उनका आयका प्रमुख स्रोतहरूमा बलिउड फिल्म उद्योग, रेड चिलिज इन्टरटेन्मेन्ट प्रोडक्सन हाउस र कोलकाता नाइट राइडर्स (आईपीएल क्रिकेट टिम) समावेश छन् । यसबाहेक, उनले आफ्नो छोरा आर्यन खानको निर्देशनमा बनेको फिल्म ‘बास्टर्ड अफ बलिउड’ बाट पनि आम्दानी गरेका छन् ।

विश्लेषकहरूले शाहरुखको सम्पत्ति वृद्धि फिल्म उद्योगमा मात्रै सीमित नभई, क्रिकेट र अन्य व्यावसायिक क्षेत्रहरूमा पनि उनको प्रभाव जमेको प्रमाण भएको बताएका छन्।

शाहरुख खानको सम्पत्ति अहिले धेरै अन्तर्राष्ट्रिय प्रसिद्ध व्यक्तिहरूको भन्दा बढी भएको छ । उनी टेलर स्विफ्ट (१.३ अर्ब डलर), अर्नोल्ड श्वार्जनेगर (१.२ अर्ब डलर), प्रसिद्ध हास्य कलाकार जेरी सीनफेल्ड (१.२ अर्ब डलर) र लोकप्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेज (७२० मिलियन डलर) भन्दा धनी बनेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ०२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको