दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी | Khabarhub Khabarhub

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका– ४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुनाटपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । ६ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुनाटपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउँछिन् ।

आचार्यका अनुसार दुनाटपरी बिक्रीबाट मासिक ६–७ हजार रुपैयाँ आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई पाँच सयमा बिक्री गर्ने गरेकी छिन् । बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ । यस्तै, उनले एक सय वटा दुनालाई एक सय २० रुपैयाँमा बिक्री गर्ने गरेकी छिन् ।

उनले आफैँले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन् । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ ।

आचार्य जस्तै घोराही उपमहानगरपालिका– १६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्दै आएका छन् । ५१ वर्षीया शान्ति र ५७ वर्षीय खुशीरामले २०६९ सालबाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन् । घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरूको दैनिकी बित्ने गरेको छ ।

दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ४३ बजे

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण

७८ अङ्कले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

काठमाडौं– नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो

काठमाडौं– वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया