दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी « Khabarhub

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका– ४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुनाटपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । ६ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुनाटपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउँछिन् ।

आचार्यका अनुसार दुनाटपरी बिक्रीबाट मासिक ६–७ हजार रुपैयाँ आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई पाँच सयमा बिक्री गर्ने गरेकी छिन् । बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ । यस्तै, उनले एक सय वटा दुनालाई एक सय २० रुपैयाँमा बिक्री गर्ने गरेकी छिन् ।

उनले आफैँले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन् । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ ।

आचार्य जस्तै घोराही उपमहानगरपालिका– १६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्दै आएका छन् । ५१ वर्षीया शान्ति र ५७ वर्षीय खुशीरामले २०६९ सालबाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन् । घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरूको दैनिकी बित्ने गरेको छ ।

दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ४३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील