धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा « Khabarhub

धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवन केवल पर्दामा होइन, पर्दा पछाडी पनि नाटकीय कथाले भरिएको छ । पंजाबबाट फिल्मी दुनियाँको खोजीमा मुम्बई आएका धर्मेन्द्र त्यसबेला पहिले नै विवाहित थिए ।

उनको जीवनमा पहिलो साथी बनेकी थिइन् प्रकाश कौर, जससँग उनले सन् १९५४ मा विवाह गरेका थिए, जब धर्मेन्द्र मात्र १९ वर्षका थिए ।

समय बित्दै जाँदा धर्मेन्द्र बलिउडका सुपरस्टार बने, र त्यससँगै उनका परिवारको जीवन पनि परिवर्तन हुँदै गयो ।  प्रकाश कौरले पनि आफ्नो श्रीमान सुपरस्टार बनेपछि आएको नयाँ र चम्किलो जीवनशैलीसँग आफूलाई ढाल्नुपर्‍यो । तर, उनीहरूको जीवनमा ठूलो मोड आयो जब धर्मेन्द्रको जीवनमा प्रवेश गरिन् अभिनेत्री हेमा मालिनी ।

सन् १९७० मा फिल्म ‘तुम हसीन मैं जवाँ’ को सुटिङका क्रममा धर्मेन्द्र र हेमा भेटिए, र उनीहरूको पर्दाको केमेस्ट्री वास्तविक जीवनमा पनि प्रेममा परिणत भयो । यस सम्बन्धलाई हेमा मालिनीको परिवारले कडा विरोध गरे पनि अन्ततः सन् १९८० मा उनीहरूले विवाह गरे । 

हेमा मालिनीसँग धर्मेन्द्रका दुई छोरीहरू छन्, ईशा देओल र आहाना देओल । ईशाले एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनले धर्मेन्द्रकी पहिलो श्रीमती प्रकाश कौरलाई पहिलो पटक आफू ३० वर्षकी हुँदा मात्र भेटेकी थिइन् ।

हालै, धर्मेन्द्रका कान्छा छोरा बबी देओलले दिएको अन्तर्वार्ताले उनका प्रशंसकहरूबीच पुनः चर्चा जगाएको छ । भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले बताएका छन्, बुवा र आम प्रकाश कौर र चार सन्तान (सनी र बोबी देओल, र छोरीहरू अजिता र विजेता )सँगै आफ्नै घरमा बस्ने गरेको र अभिनेत्री हेमा मालिनी छुट्टै आफ्नै बंग्लामा बस्ने गरेको जानकारी दिए । 

केही समयअघि धर्मेन्द्र र प्रकाश कौरले आफ्नो ७१औं वैवाहिक वर्षगाँठ मनाएका थिए । यस अवसरमा बबीले उनीहरूको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै अभिभावकप्रतिको सम्मान र माया व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ०२ बजे

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही