‘तक्मे बूढा’को ‘मैझारो’ लागि राजेशपायलले सांगीत‍िक प्रस्तुति दिँदै « Khabarhub

‘तक्मे बूढा’को ‘मैझारो’ लागि राजेशपायलले सांगीत‍िक प्रस्तुति दिँदै


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’को प्रचारको काम सुरु भएको छ ।

प्रदर्शन मिति कात्तिक ७ नजिकिएसँगै निर्देशक राई पूर्व केन्द्रित प्रचारमा सक्रिय भएको पाइन्छ ।

केही दिनअघि मात्रै पूर्वका रिक्सामा फिल्मको पोस्टर टाँसेर निर्माण पक्षले प्रचारको काम सुरु गरेको थियो ।

अहिले निर्माण पक्षले गायक राजेशपायल राईलाई लिएर सांगितिक प्रस्तुतीमार्फत् फिल्मको प्रचार जुटिरहेको छ ।

गायक राईले बिहीबार धरानमा सांगीतिक प्रस्तुती दिएका थिए । झापाको बिर्तामोडका शनिबार उनले सांगीतिक प्रस्तुती दिँदै फिल्मको प्रचार गरेका थिए ।

यसबारे निर्देशक राई भन्छन्, ‘दर्शकलाई हाम्रो फिल्म आउँदै गरेको जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको हो ।’

उनका अनुसार गायक राईले दमक,मोरङको बेलबारी र सुनसरीको इटहरीमा पनि सांगीतिक प्रस्तुती दिनेछन् ।

गायक राईसँग संगीतकार तथा गायक अनमोल गुरुङ र फिल्म कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।

निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्ममा धिरज मगर ,मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, माउत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ३ : ०९ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले