काठमाडौँ- टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका युवक तेन्जिङ दावा पक्राउ परेका छन् ।
तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका छन् ।
उनले टीओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको भिडियो भाइरल भएपछि विवाद भएको थियो । उनले बुलेट बाइकमा चढेर उक्त पेस्तोल बोकेको भिडियो काठमाडौंको बिजुली बजारमा खिचेको देख्न सकिन्छ ।
तर त्यो भिडियो आन्दोलनको दिनको या अन्य बेलाको भन्ने खुल्न सकेको छैन । ‘अहिले हामी अनुसन्धानको चरणमा छौँ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ ’, भट्टराईले खबरहबलाई भने ।
प्रतिक्रिया