घर आँगनकै फूल नगद आर्जनको स्रोत   « Khabarhub

घर आँगनकै फूल नगद आर्जनको स्रोत  


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ ।

फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् ।

फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल व्यापारीले गरेका उनको भनाइ छ । ‘फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरमै आएर व्यापारीले पैसा दिँदैछन्’, हरिप्रियाकै छिमेकी रामवती चौधरी भने, ‘अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ ।’ आफ्नो घरआँगन र करेसाका करिब ६०–६५ बोट सयपत्री र १५–१६ वटा मखमली फूलबाटै दुई हजार प्राप्त गरेको उनले बताइन् । आगामी वर्षको दिपावली ताकालाई २०० बोट फूल फुलाउने चौधरीको धोको छ ।

मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ ।  यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्तीबस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।

जिल्लामा फूलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यसको सम्भावना रहेको कृषि विज्ञ बताउँछन् । दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतोले बताए । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ०८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर