चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन « Khabarhub

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन आएर विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट छन् ।

भरतपुर महानगरपालिका– ८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन् । उनले भने, ‘मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।’ गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उनले सयपत्री फूलखेती गरेका छन् । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ । उजले भने, ‘हरेक सिजनमा चारदेखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।’ यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उनले सुनाए । यही व्यवसायबाट परिवार चलाउने गरेको उनले बताए । पुर्खादेखि फूलखेती गर्दै आएकाले आफूले पनि भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उनले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताए ।

जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरूले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिकमा चौहानले जानकारी दिइन् । उनका अनुसार विगत तीन वर्षमा सयपत्री खेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०–०८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।

फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताए ।

उनका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उनले भने, ‘क्षेत्रफल बढाएका थियौँ तर पानीले सोचे जस्तो भएन ।’ जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उनको भनाइ छ ।

जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उनले बताए । तिहारका लागि आवश्यक माला बाहिरबाट खरिद गर्नुनपर्ने उनको भनाइ छ । (रासस) 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ४० बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक