हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक : विपिन जोशी छैनन् « Khabarhub

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक : विपिन जोशी छैनन्


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक भएको छ । प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’लाई उद्धृत गर्दै बिबिसीले सार्वजनिक गरेको सूचीमा विपिन जोशीको नाम छैन । सोमबार सार्वजनिक सूचीमा विपिनसँगै अज्ञात भनिएका तमिर निम्रोदीसमेत समेटिएका छैनन् ।

सार्वजनिक भएका २० जीवित भनिएका इजरायली नागरिक हुन् । उनीहरुलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । समाचारमा उल्लेख भए अनुसार उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रम सोसाइटीको टोली गाजा पट्टी पुगेको छ ।

विपिन जोशी, एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। उनको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको थियो । तर अहिले सार्वजनिक हुन लागेका बन्धकको सूचीमा उनको नाम नसमेटिएको हो ।

जोशी परिवारले अक्टोबर ७, २०२३ मा अपहरणपछि तुरुन्तै खिचिएको भिडियो सार्वजनिक गरेको थियो, जुन जीवित रहेको उनको अन्तिम प्रमाणित दृश्य हो।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ०६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा