यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक « Khabarhub

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् ।

उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको छ।

हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् ।

जसमा माटान एङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मान, एलोन ओहेल, एइतान मोर, ओम्री मिरान र गाइ गिल्बोआ–दलाल रहेका छन् । उनीहरूलाई हमासले गाजा सिटीमा रेडक्रसको जिम्मा लगाएको थियो।

यी बन्धकहरूलाई इजरायली विशेष बलले गाजाबाट बाहिर ल्याएर रे’इम नजिकको सैनिक शिविरमा प्रारम्भिक स्वास्थ्य परीक्षण र आफ्ना परिवारसँग भेट गराउन लगिँदैछ।

बाँकी १३ जना जीवित बन्धकहरूलाई सोमबार बिहानपछि गाजाका विभिन्न स्थानहरूबाट मुक्त गरिने छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ०२ बजे

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी