हमास-इजरायल बन्दी रिहा चल्दै गर्दा बेन गुरियन विमानस्थलमा उत्रिए ट्रम्प | Khabarhub Khabarhub

हमास-इजरायल बन्दी रिहा चल्दै गर्दा बेन गुरियन विमानस्थलमा उत्रिए ट्रम्प


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प चार घण्टे लामो भ्रमणका लागि इजरायल आइपुगेका छन्।

तेल अभिभको होस्टेज स्क्वायर माथि उडान भरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

जहाँ उनलाई इरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपति आइज्याक हर्जोगले स्वागत गरे।

अमेरिकी राष्ट्रपति विमान एयर फोर्स वन पछिल्लोपटक इजरायलमा अक्टोबर ७, २०२३ का आक्रमणपछि तत्कालीन राष्ट्रपति जो बाइडेनको ऐक्यबद्धता भ्रमणका क्रममा आएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायलमा त्यही समयमा अवतरण गरे, जब हमासले पहिलो चरणमा इजरायली बन्धकहरूको समूह मुक्त गरेको थियो।

उनले सोमबार नै नेसेट (इजरायली संसद्) मा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ४० बजे

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत

बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान

गलकोट– बागलुङमा डेङ्गीको सङ्क्रमण बढेसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई अदालत लगियो

काठमाडौं– भेपमा सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका