दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल « Khabarhub

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।

सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दूध र मखन मौज्दात रहेको छ । त्यसका कारण भुक्तानीमा समस्या आएको उनले बताए । 

उनले भने, ‘हामीले किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर मौज्दात घटाउँदै लगेका छौँ ।’

भदौ मसान्तसम्ममा ८६ करोडको मौज्दात रहेकामा अहिले यसलाई घटाइएको हो । दसैँको समयमा मात्रै २०० मेट्रिकटन धुलो दूध र मखन बिक्री गरिएको उनले जानकारी दिए । देखिएको समस्यामा सुधार हुँदै गरेको उनको भनाइ थियो ।  

किसानको ८५ करोड संस्थानले तिर्नुपर्ने बक्यौता रहेकामा यो महिनासम्ममा रु ३२ करोड हाराहारी भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढेको उनले बताए। हरेक महिनामा सोही अनुसार भुक्तानी गरेर गरेर माघ-फागुनसम्ममा नियमित भुक्तानी हुने व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए।

केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गरे। तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उनले बताए । 

भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उनले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताए। संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् ।

तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उनको भनाइ थियो । सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राखेका थिए। नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र  निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताए। जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ०१ बजे

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि