सैन्य आधार तालिमको दीक्षान्त « Khabarhub

सैन्य आधार तालिमको दीक्षान्त


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चितवन– श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा. कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

सो अवसरमा कोशी प्रदेशका ४१, गण्डकी प्रदेशका तीन, कर्णाली प्रदेशका ३१ र सुदूरपश्चिम प्रदेशका २९ गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले नौ महिनाको कठोर तालिमपश्चात आज एक समारोहबीच शपथ लिएका हुन् । सो अवसरमा राष्ट्रको मेरुदण्ड सेना भएको भन्दै सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही भएको वाहिनीपति बानियाँले बताए । 

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म भएको उनले बताए।

गणका गणपति प्रमुख सेनानी दिनेश लामाले कठोर मेहनतका साथ तालिम प्राप्त सिपाहीहरूले नेपालभर छरिएर रहेका विभिन्न युनिटमा नियुक्त भई देश र जनताप्रति समर्पित रही सेवा गर्ने अठोटका साथ परिचालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट