बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान « Khabarhub

बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


गलकोट– बागलुङमा डेङ्गीको सङ्क्रमण बढेसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ
 
अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
 
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नं २ समीक्षालयरोड, वडा नं ३ बुद्ध विहार र वडा नं ४ उपल्लाचौरबाट एक साथ सुरु गरिएको हो ।  
 
सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइसमेत गरिँदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
 
जिल्लामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको बागलुङ नगरपालिकामा मात्र १३६ जना प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण फैलिएको सो कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालका अनुसार लामखुट्टेको बासस्थानसहित लार्भा हुर्काउने स्थल नष्ट गर्ने तथा व्यापक जनसहभागितासहित  सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पालिकालो अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको छ ।
 
एक्कासि उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा डेङ्गी सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य प्रमुख सापकोटाले सुझाव दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : १२ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश