इलामकी उप-प्रमुख भन्छिन्- ‘मान्छेकै बदमासीले खोला बस्ती पस्यो’ « Khabarhub

इलामकी उप-प्रमुख भन्छिन्- ‘मान्छेकै बदमासीले खोला बस्ती पस्यो’


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनबाट क्षतिग्रस्त बनेको इलाम नगरपालिकाले अहिले अर्को विपत्तिको सामना गरिरहेको छ । जेन–जी आन्दोलनपछि सामान्य अवस्थामा फर्कन नपाउँदै नगरपालिकाले बाढी पहिरोको अर्को विपत्तिको सामना गरिरहेको हो ।

नगरपालिकाकी उप-प्रमुख विष्णुकुमारी लिम्बूले हालैको बाढीपहिरोले ठूलो वितण्डा मच्चाएको जानकारी दिइन् ।

उनले जेन–जी आन्दोलनका कारण करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भोगेको बताइन् । जेन–जी आन्दोलनको कहरबाट सम्हालिन नपाउँदै फेरि अर्को बज्र परेको उनको भनाइ छ । उनका अनुसार डेढ महिनाअगाडि उद्घाटन गरेको इलाम नगरपालिका ९ र ११ जोड्ने बाटोमा पर्ने बेलासेको पुल पनि माइखोलामा आएको बाढीले लग्यो ।

‘सबै लागेर बाढीका कारण बन्द रहेको राजदुवाली खण्ड तत्काल खोल्न खोजेको नसकिने देखियो, अब अर्को विकल्पमा सिमलगोलाइ भन्ने ठाउँबाट खोलालाई फिँजाएर त्यताबाट गाढी तार्ने भनिएको छ ।’ उनले भनिन् ।

बाढी पहिरोका कारण इलाम नगपालिकामा मात्रै ७ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ मा दशैँ मान्न आएका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सोही वडामा एक जना अझै बेपत्ता छन् ।

खेतबारीमा लगाएका धान, अलैँची, अकबरे खुर्सानी लगायतका बाली र पशुपक्षीको क्षति आँकलन गर्नै नसकिने अवस्था रहेको उनको भनाइ छ । ‘१० नम्बर वडाको राजदुवाली माइखोला बगरमा बस्ने २७ परिवार विस्थापित भएका छन् । त्यहाँ २०६३ सालमा १४ रोपनी क्षेत्रफलमा बनेको श्री माईभगवती वृद्धाआश्रम पनि जोखिममा छ ।’ उनले भनिन् ।

विस्थापित परिवारलाई करिब १ सय ९१ क्षेत्रफलमा फैलिएको बगरमै निर्माणधीन क्रिकेट खेल मैदानतर्फ टेन्ट बनाएर खाख्ने योजना रहेको उनले जानकारी दिइन् ।

पछि उनीहरुलाई सुकुम्बासी घोषणा गरेर दीर्घकालीन रुपमा व्यवस्थापन गर्नेबारे पनि प्रारम्भीक छलफल चलेको छ । ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ आउनुभएको थियो, उहाँलाई विपदबारे सबै बताएका छौँ ।’ उनले भनिन् ।

३ महिनासम्म संकटग्रस्त क्षेत्र घोषणा गरिएकाले चाँडै बजेट आउने उनको अपेक्षा छ । सिंचाईका लागि २०७९ सालको वैशाखमा निर्वाचित भएपछि बनाइएका २७ वटा पक्की कुलोहरुमा क्षति भएको छ । क्षतिको थप तथ्याङ्क वडाबाट आउने क्रममा रहेको उनले बताइन् ।

उनी थप्छिन्, ‘हामी मान्छेनै बदमास हौँ नि । खोलाको बहाव नै मोडिनेगरी गिटी बालुवा ढुङ्गा निकालेका छौँ । मान्छेकै बदमासीले गर्दा खोला बस्ती पसेको हो ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ४० बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू