मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली « Khabarhub

मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले हस्तान्तरण गर्न लागेको चार बन्धकका शव बुझ्न पुगेको छ। इजरायली सेनाका अनुसार तोकिएको स्थानमा रेडक्रस टोलीलाई हमासले शवहरू कफिनमा राखेर बुझाउने तयारी गरेको छ।

हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव फिर्ता गर्ने घोषणा पहिले नै गरेको थियो। हाल पनि २६ बन्धकका शवहरू हमासको नियन्त्रणमै रहेको बताइएको छ।

इजरायली सेना र गुप्तचर निकायले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा थप बन्धकका शव खोजी र पुनः प्राप्तिको प्रयास जारी रहेको उल्लेख गरिएको छ। शव फिर्ता भएपछि डीएनए परीक्षण गरी औपचारिक रूपमा परिवारका सदस्यहरूलाई बुझाइने पनि जनाइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : २४ बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू