सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश « Khabarhub

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को छायाङ्कन मुस्ताङबाट सुरु भएको छ ।

निर्देशक रामबाबु गुरुङले मंगलबारदेखि फिल्मको छायाङ्कन सुरु गरेका हुन् ।

यसपटक शीर्ष कलाकारमा नायक–नायिका थप गरिएको छ । नायक विपीन कार्की र नायिकामा सिर्जना गुरुङको प्रवेश भएको हो । सिर्जना मिस यूके नेपाल २०१७ हुन् ।

अघिल्ला श्रृङ्खलाका शीर्ष कलाकार नायक दयाहाङ राई, विजय बराल, बुद्धि तामाङमा पनि दोहोरिएका छन् ।

‘कबड्डी ४’की नायिका मिरुना मगर पनि दोहोरिएकी छन् ।

विपीन बाहेक सबै शीर्ष छायाङ्कनस्थलमा पुगेको फिल्मका कलाकार विजय बरालले जानकारी दिए ।

उनका अनुसार विपीन तिहारपछि मात्रै छायाङ्कनमा सहभागी हुनेछन् । यस फिल्मको निर्मातासमेत रामबाबु नै हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ३७ बजे

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार