कांग्रेसको चियापानमा प्रचण्डले भने–दुई तिहाईको कुरै नगरौं ! « Khabarhub

कांग्रेसको चियापानमा प्रचण्डले भने–दुई तिहाईको कुरै नगरौं !


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् ।

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको भन्दै अब पनि हुनसक्ने औल्याए ।

उनले भने, ‘कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै पार्टीको कार्यक्रम जस्तो लाग्छ । विगत १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा आउँदा र सरकार चलाउँदा धेरै पटक सहकार्य भएको छ । निकट भविष्यमा पनि सहकार्य हुनसक्छ ।’

उनले राजनीतिक अवस्था कता जाने हो त्यो अनुसार अघि बढ्ने भन्दै भने, ‘हेर्दै जाउँ राजनीतिले कतातिर कोल्टे फेर्छ । त्यो अनुसार अघि बढ्नुपर्छ । ’

उनले कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम दशैंको शुभकामनामात्र नभई समृद्ध राजनीति संस्कार रहेको बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीले दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपाले कांग्रेससँगको सहकार्य भनेको कस्तो भन्ने प्रश्न गर्दा प्रचण्डले भने, ‘अब दुई तिहाईको कुरै नगरौं ।’

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना