सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन « Khabarhub

सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष भट्टराईले मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्ने बताए ।

‘मुलत यो भ्रमण सफल नै रह्यो’ डा भट्टराईले भने,‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा मामाले के ल्याइदिए, के कति मिठाइ दिए, कति दक्षिणा दिए भनेजस्तो सोच हामीले राख्नु हुँदैन ।’

चीन सदैव नेपालको मित्र राष्ट्र रहँदै आएको भन्दै भट्टराईले चीनसँग खास समस्या नभएको र त्यस अर्थमा पनि सीको भ्रमण सुखद् रहेको प्रतिक्रिया दिए ।

फरक प्रसंगमा डा भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणमा न्याय र सत्य स्थापित हुनुपर्ने बताए ।

‘जुनसुकै ओहोदामा रहेपनि विधिको शासन पालना गर्नुपर्छ । न्याय र सत्य स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ’ उनले भने,‘पहिले त्यसको निरुपण होस् । त्यसपछि मात्र सभामुखको विषयमा टिप्पणी गर्न उपयुक्त होला ।’

उनले सभामुख र उपसभामुख फरक पार्टीको र फरक लिंगको हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै