कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै « Khabarhub

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै सङ्कलन गरेको हस्ताक्षर आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने भएको छ ।

महामन्त्री थापाले सङ्कलित हस्ताक्षर आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी छ ।

अभियानका क्रममा १४औँ महाधिवेशनमा रहेका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । १३औँ महाधिवेशनबाट १४ औँ महाधिवेशनमा स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी छाडेका र मृत्यु भएका प्रतिनिधि घटाउँदा हाल कायम ४५ सय ५६ जना हुन्छ । हाल कायम महाधिवेशन प्रतिनिधिमध्ये २४ सय ८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका बताइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले मंसिरभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको माग गर्दै आएका छन् । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ४७ बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक