ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल « Khabarhub

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटको ट्रफी जित्न आज ओमानलाई जित्नै पर्ने बताएका छन्। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै उनले यस्तो बताएका हुन्।

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रहेका नेपाल र ओमानको खेललाई सबैले रोचक ढंगले पर्खिराखेको बेला कप्तान पौडेलले यस्तो बताएका हुन् ।

समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् ।

‘हाम्रो लागि ओमानसँगको खेल ंडु एण्ड डाइ’ नै हो । दुवै टिमको ६–६ अंक छ । यो खेल फाइनल जस्तै हो । ट्रफी जित्नु छ भने ओमानलाई हराउनुपर्छ’, कप्तान पौडेलले भनेका छन्, ‘सबै जना उत्सुक छौँ । सबैमा जित्ने भोक छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : ०१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग