ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल « Khabarhub

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटको ट्रफी जित्न आज ओमानलाई जित्नै पर्ने बताएका छन्। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै उनले यस्तो बताएका हुन्।

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रहेका नेपाल र ओमानको खेललाई सबैले रोचक ढंगले पर्खिराखेको बेला कप्तान पौडेलले यस्तो बताएका हुन् ।

समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् ।

‘हाम्रो लागि ओमानसँगको खेल ंडु एण्ड डाइ’ नै हो । दुवै टिमको ६–६ अंक छ । यो खेल फाइनल जस्तै हो । ट्रफी जित्नु छ भने ओमानलाई हराउनुपर्छ’, कप्तान पौडेलले भनेका छन्, ‘सबै जना उत्सुक छौँ । सबैमा जित्ने भोक छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : ०१ बजे

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत

देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई एमाले स्थायी कमिटी सदस्य बनाउन प्रस्ताव

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका