इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन « Khabarhub

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मिलान– इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।

मंगलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिसहरू (झण्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ ।

 ‘पूर्ण गरिबीमा’ भन्नाले मानिसहरूले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ ।

उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।

अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ । 
युरोपस्तरीय मापदण्ड अनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटालियनहरू (जनसङ्ख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए ।

यो दर युरोपेली संघको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकहरूभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रीसजस्ता राष्ट्रहरूको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ ।

यो अध्ययन अनुसार, विदेशी नागरिकहरू (प्रवासीहरू) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्ण रूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जबकि केवल इटालियन नागरिकहरू भएका घरपरिवारमा यो सङ्ख्या ६ प्रतिशत मात्र रहेको छ । रासस
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ०७ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति