मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली « Khabarhub

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा आफूले भनेभन्दा बाहिर गएर सरकार गठन गरेको गरेको बताएका छन्। 

उनले आफूले असहज परिस्थितिका बीचमा राजीनामा दिएको बताउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधानसम्मत सरकार गठन नगरेको आरोप लगाए । 

ओलीले दचुत भएपछि बनेको  प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार र ओलीले मुख्य राजनीतिक दलहरूका बीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विगठन गर्नु नहुने स्पष्ट धारणा हुँदाहुँदै पनि सरकार गठन भएको आरोप लगाए । 

प्रधानमन्त्रीको हैसियतमा आफूले संविधान संसद् निकासका लागि काम चलाउ सरकारको सिफारिस गरेको तर त्यो सुझाव विपरीत सरकार गठन गरेकोप्रति उनको आपत्ति छ। 

ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘असोज परिस्थितिका विषयमा गैर सांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भएपनि त्यसलाई संसदमार्फत संविधान संशोधन गरेर संवैधानिक प्रक्रिया मार्फत अगाडि बढाउने त्यसका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य दलहरूका बीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विगठन गर्नु नहुने हाम्रो स्पष्ट अडान थियो। सोही अनुरूप संविधानसम्मत निकासका लागि काम चलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले सिफारिस गरेको थिएँ तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरेको छ तसर्थ यो सरकार असंवैधानिक छ।’ 

ओलीले असामान्य परिस्थितिका बीचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीबाट राजीनामा दिएको समेत स्पष्ट पारेका छन्। 

उनले भनेका छन, ‘असामान्य परिस्थितिका बीचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजीनामा दिसकेपछि अन्योलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधान संसद् विकल्पहरू प्रस्तुत गरेका थियौँ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ३५ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश