ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो « Khabarhub

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ११०० भन्दा बढी हातहतियार र झन्डै १ लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूसँग रहेकाले समाजमा भएरहित अवस्था रहेको बताएका छन् । 

उनले पाँच हजारभन्दा बढी कैदीबन्दी अझै बाहिर रहेकाले तिनीहरूले  पुनः विभिन्न अपराध गर्दै समाजमा भएर त्रासको अवस्था सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।

‘अनधिकृत समूह र व्यक्तिहरूबाट प्रशासनमा हस्तक्षेप गर्ने विभिन्न विकास आयोजनाहरूमा निःशुल्क सेयर माग्ने र प्रशासनलाई आतंकित बनाउने काम भइरहेको छ तर सरकार देख्या नदेखे गरेर बसेको सरकारको यस नालायक र गैर जिम्मेवारी व्यवहारप्रति हामी खेत प्रकट गर्दछौँ ।’ ओलीले राजनीति प्रतिवेदनमा भनेका छन्, ‘नागरिकले आफ्नो जिउधनको सुरक्षा आफैँ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस अवस्थामा नागरिकले आफ्नो सुरक्षाका लागि आफै अग्रसर हुन टोलटोलमा सुरक्षा समिति गठन गर्न टोलको गस्ती गर्न र सुरक्षाकर्मीहरूलाई ध्वस्त सुरक्षा कार्यालय पुन स्थापना लगायतका काममा सहयोग गर्दै  मनोबल उठाउन आग्रह गर्दछु।’ 

ओलीले सरकारले शान्ति सुरक्षा कायम गर्नसमेत असमर्थ रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ४८ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश