इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी | Khabarhub Khabarhub

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ । यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ ।

सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ । हामासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ ।

यसैबीच, युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन् ।

गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् , जसमा धेरै महिला र बालबालिका रहेका छन् ।
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : २८ बजे

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका