विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर « Khabarhub

विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।  

बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

कांग्रेस नेता गुरुराज घिमिरेले १४औँ महाधिवेशनका २४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए । 

विधानको धारा १७ (२) बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरूले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको उनले बताए ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफूहरूको हस्ताक्षर निवेदनका विषयमा उचित निर्णय लिने धारणा राखे । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरे । 

घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफूहरूको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै काँग्रेसका युवा नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३८ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै