वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।
आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।
आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए। ‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’ उनले भने।
वीरगञ्ज महानगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।
प्रतिक्रिया