११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो « Khabarhub

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मागजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन बनेपछि मेची राजमार्ग सुचारु भएको छ ।

इलामको राजदुवाली खण्डको विकल्पका रूपमा आइतबारदेखि तील्केनी–जोगमाई–सिमलबोलाई हुँदै राजमार्ग जोडिने यो खण्डमा डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो ।

निर्माण सामाग्री र सडक अवरोधका कारण यो खण्ड सुचारु गर्न चार दिन लागेको सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।

‘१२ दिनदेखि राजमार्ग खोल्न सकिएको छैन, यात्रुहरूलाई सास्ती भएको छ, विपद्का बेला राहत पुर्‍याउन सकिएको छैन, अत्यावश्यक सामाग्रीको अभाव हुने देखेर हामी दिनरात नभनी डाइभर्सन निर्माणमा लागेका थियौ ४ दिनमा बल्ल खोल्न सकियो,’ उनले बताए ।

उनले थपे, ‘अस्थायी रूपमा यो खण्डबाट मेची राजमार्गको अवरोध हटेको छ, राजदुवालीमा पनि काम भइरहेको छ अब त्यसमा लाग्नेछौँ,’ ।

अहिले साना सवारी सहजै आवतजावत गरे पनि ठुला सवारीको हकमा एक दुई ठाउँको साँघुरो घुम्तीमा भने केही असहजता हुन सक्ने उनले बताए ।

तत्कालका लागि उक्त खण्डलाई क्रमशः राम्रो गराउँदै लैजाने उनको भनाई छ ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालसहित स्थलगत निरीक्षण गरेपछि राजदुवाली खण्डको विकल्पमा तील्केनीबाट मेची राजमार्ग गोदाक जोड्ने मुख्य विकल्पका रूपमा यस खण्ड मर्मत गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार बेलासे पुल लोड धान्न सक्ने क्षमतामा नरहेको प्रारम्भिक रिपोर्ट छ । उनले भने, ‘त्यहाँबाट आवतजावत गर्न सकिँदैन । पुवाखोलामा काठको पुलबाट साना सवारी आवतजावत गराइएको सुनिएको छ । काठको भारवहन क्षमता मापन गर्ने कुनै यन्त्र छैन, हामीले मानिस मात्रै आवतजावत गर्न भनेका छौँ । सवारी वारपार गर्नु जोखिमपूर्ण हुने अवस्था छ ।’ 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : २८ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने