प्रधानमन्त्री कार्कीको भनाई हास्यास्पद : कमल थापा    « Khabarhub

प्रधानमन्त्री कार्कीको भनाई हास्यास्पद : कमल थापा   


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर उनले जेनजी युवाहरूको परिवर्तनको चाहना पुरा गर्न भने संविधान वाधक रहेको तथा नयाँ संसदबाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताए। 

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने स्पष्ट पारे ।

जेन-जी आन्दोलनले खोजेको परिवर्तनको चाहनालाई देशी विदेशी शक्तिहरूको साँठगाँठबाट तुहाइएको भन्दै थापाले आन्दोलन अधुरो भएको,  आन्दोलनको अधुरो काम पूरा गर्न हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी तथा सुशासनको मुद्दालाई लिएर राप्रपा नेपाल जनताको माझमा जानुपर्नेमा थापाले जोड दिए । 

पार्टीको पुर्बान्चल, मधेश र बागमती क्षेत्र समन्वय समितिका पदाधिकारी सदस्य , जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले  भ्रष्टाचार र कुशासनको अन्त्यका निमित्त भएको आन्दोलनले कांग्रेस र एमालेको गठबन्धन सरकारलाई विस्थापित गर्न सफल भए तापनि भ्रष्टाचार र कुशासनको मुख्य कारणको रुपमा रहेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रदेश संरचना परिवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे ।

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको भन्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने समेत स्पष्ट  पारे ।

भर्चुअल बैठकका अधिकांश सहभागीहरूले पार्टी एकताको आवश्यकता र महत्व रहेता पनि पार्टीको मूलभूत आदर्श र मान्यतालाई कमजोर बनाउने गरी कसैसँग एकता र सहकार्य गर्न आवश्यक नरहेको, बरु आफ्नो सिद्धान्तप्रति निष्ठावान रही एक्लै अघि बढ्नु उपयुक्त हुने सुझाव दिएका थिए । 

भोलि पश्चिमाञ्चल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चलका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, विकास क्षेत्रीय अध्यक्षहरू र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठक हुनेछ । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ३७ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने