टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं « Khabarhub

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएको छ। नेपालले दुई खेलअगावै पुनः विश्वकप यात्रा सुनिश्चित गरेको हो।

यो उपलब्धिपछि कप्तान रोहितकुमार पौडेलले टोलीको सफलतापछि सामाजिक सञ्जालमार्फत भावनात्मक प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन् ।

पौडेलले यो उपलब्धि सम्पूर्ण नेपालीका लागि भएको उल्लेख गर्दै यसलाई समर्पण, विश्वास र एकताको परिणाम भनेका छन्। उनले भनेका छन्, ‘हामीले सपना देख्यौं, विश्वास गर्‍यौं र त्यसलाई पूरा गर्‍यौं। यो हाम्रो मात्र होइन, सम्पूर्ण नेपालीहरूको विजय हो।’

नेपालले यसअघि सन् २०२४ मा भएको टी–२० विश्वकपमा पहिलो पटक खेल्ने मौका पाएको थियो। दोस्रो पटक लगातार विश्वकपमा स्थान बनाउन सफल हुँदै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत पारेको छ।

क्रिकेट प्रेमी र समर्थकहरू सामाजिक सञ्जालमा खुशी साट्दै नेपाली टोलीप्रति गर्व व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०३ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई