जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ « Khabarhub

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

शाहीका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । ‘जेन–जी’ आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै शाहीले विभिन्न सरकारी निकायका प्रमुखहरूलाई भेटेर सवाल–जवाफ गर्ने र धम्क्याउने गरेको आरोप लागेको छ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीहरूले समेत उनको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।अनुसन्धानका क्रममा शाही वैदेशिक रोजगारी ठगी र बैंकिङ्ग कसुरमा समेत संलग्न रहेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।

उनी यसअघि पनि २०८२ साल वैशाख २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : १० बजे

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको