जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ « Khabarhub

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

शाहीका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । ‘जेन–जी’ आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै शाहीले विभिन्न सरकारी निकायका प्रमुखहरूलाई भेटेर सवाल–जवाफ गर्ने र धम्क्याउने गरेको आरोप लागेको छ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीहरूले समेत उनको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।अनुसन्धानका क्रममा शाही वैदेशिक रोजगारी ठगी र बैंकिङ्ग कसुरमा समेत संलग्न रहेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।

उनी यसअघि पनि २०८२ साल वैशाख २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : १० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द