ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।

ओमानविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरे पनि मध्यक्रम नचल्दा पारी संकटमा परेको थियो। तर, भुर्तेलले एक छेउबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पारीलाई स्थिरता दिइरहेका छन् ।

३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक पुरा गरेका भुर्तेल अहिले पनि क्रिजमा जमेका छन्। नेपालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि लगातार विकेट गुमाएको हो ।

आजको खेलमा आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल सस्तैमा आउट भएका छन् । हाल भुर्तेलसँग आदिल आलम क्रिजमा रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ५७ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ