आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १६ तारिख। विश्व खाद्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ।

वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन : दिन धेरै राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने योग छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

कर्कट : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपमा हुनुपर्ने दिन छ। यात्रा सफल बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुने योग छ ।

सिंह : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।  

कन्या : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।  

तुला : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्ने बढ्नेछन्। व्यापार व्यवसाय नगर्नु राम्रो हुनेछ। आज परिवारको साथ सहयोग मिल्नेछ।  

धनु : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। सामाजिक क्षेत्रमा संकट आइपर्न सक्छ । शत्रु बढ्नेछन्। शिक्षामा थप मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा फाइदा होला ।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। संकटको समयमा दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।  

मीन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ०२ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका