आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १६ तारिख। विश्व खाद्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ।

वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन : दिन धेरै राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने योग छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

कर्कट : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपमा हुनुपर्ने दिन छ। यात्रा सफल बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुने योग छ ।

सिंह : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।  

कन्या : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।  

तुला : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्ने बढ्नेछन्। व्यापार व्यवसाय नगर्नु राम्रो हुनेछ। आज परिवारको साथ सहयोग मिल्नेछ।  

धनु : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। सामाजिक क्षेत्रमा संकट आइपर्न सक्छ । शत्रु बढ्नेछन्। शिक्षामा थप मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा फाइदा होला ।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। संकटको समयमा दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।  

मीन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ०२ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का